हामी दही, गुन्द्रुक, अचार, किम्ची जस्ता फर्मेन्टेड खानेकुरा प्रायः स्वादका लागि खान्छौँ। तर, अनुसन्धानले देखाएअनुसार यिनले हाम्रो आन्द्रासँगै दिमागलाई पनि फाइदा पुर्याउन सक्छन्।वैज्ञानिकहरूले २०० भन्दा बढी प्रकारका फर्मेन्टेड खानेकुरा अध्ययन गर्दा मस्तिष्क र स्नायु प्रणालीका लागि उपयोगी हुन सक्ने विभिन्न यौगिक भेटेका छन्।यसको मुख्य कारण हो ‘गट–ब्रेन एक्सिस’—अर्थात् हाम्रो आन्द्रा र दिमागबीचको सम्बन्ध। फर्मेन्टेड खानेकुराबाट बन्ने केही पदार्थले शरीरको सूजन घटाउन, राम्रा ब्याक्टेरिया बढाउन र मुड तथा मानसिक स्वास्थ्यलाई सहयोग गर्न सक्छन्।यस्ता खानेकुराले दीर्घकालीन तनाव कम गर्न र उमेरसँगै हुने स्मरणशक्ति तथा सोच्ने क्षमताको कमजोरीबाट जोगिन केही भूमिका खेल्न सक्छन् भन्ने वैज्ञानिकहरूको भनाइ छ।तर, फर्मेन्टेड खाना खाँदैमा तनाव वा स्मरणशक्तिको समस्या निको हुन्छ भन्ने चाहिँ होइन। यसबारे अझै थप अनुसन्धान आवश्क छ।त्यसैले, थालमा स्वादसँगै स्वास्थ्य पनि थप्ने हो भने गुन्द्रुक, दही र अचारलाई बेवास्ता नगर्नुहोस् है!
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!