काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले भदौ २४ गते बालकोटस्थित आफ्नो निवासमा भएको आगजनी घर र सम्पत्ति जलाउने घटनामा मात्र सीमित नरहेको दाबी गरेकी छन्।
आगजनीबाट क्षतिग्रस्त आफ्नै निवासमा अनुभूति पुस्तक 'सपनाको भग्नावशेष' विमोचन गर्दै शाक्यले आफूहरूलाई नै जलाउने उद्देश्यसहित घटना गराइएको बताइन्।
उनले भनिन्, "खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई जलाउने नै योजना थियो। यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो हाम्रो।"
शाक्यले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै ओलीमाथि अझै विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गरिन्। आफूहरू एकमुठी सास रहेसम्म देशको सेवा गर्ने पवित्र भावनाका साथ अघि बढिरहेको उनको भनाइ थियो।
उनले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने बताउँदै जस्तोसुकै दुःख र चुनौतीको सामना गर्न तयार रहेको उल्लेख गरिन्। साथै, उनले आफूले ‘खरानी ग्याङ’ भनेर सम्बोधन गरेको समूह आफैँ पतन हुने टिप्पणी गरिन्।
शाक्यका अनुसार 'सपनाको भग्नावशेष' पुस्तकमा भदौ २३ देखि २४ गतेसम्म भएका घटनाक्रम तथा त्यसबीच आफूहरूले भोगेको अवस्थालाई समेटिएको छ। उनले आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित आफ्नै घरमा पुस्तक विमोचन गर्दै उक्त घटनालाई स्मरण गरेकी हुन्।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!