गुडिरहेको ईभीमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

गुडिरहेको ईभीमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

चितवन । भरतपुरमा गुडिरहेको विद्युतीय गाडी (ईभी) मा अचानक आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।


भरतपुर महानगरपालिका-९ वसन्तचोक नजिक पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा शुक्रबार बिहान करिब ६ बजे बा ०१-०३० च ५५७९ नम्बरको 'आयन वाई' विद्युतीय गाडीमा आगलागी भएको हो।


आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जनाको पूर्ण रूपमा जलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
गाडीमा आगलागी हुनुको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP