काठमाडौं । पक्राउ तथा हिरासतमा रहेका व्यक्तिलाई प्रहरीले जथाभावी हतकडी लगाउने गरेको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपाललाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनका विद्यार्थी रोशन आउजी, विकास यादव र विवेक चौधरीले हतकडीको प्रयोगलाई आवश्यकताको अन्तिम विकल्पका रूपमा मात्र सीमित गर्नुपर्ने तथा हतकडी लगाइएको अवस्थामा व्यक्तिका फोटो तथा भिडियो सार्वजनिक गर्न रोक लगाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।अदालतले यो विषय व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारसँग संवेदनशील रूपमा जोडिएको भन्दै मुद्दालाई प्राथमिकता दिएको छ। अन्तरिम आदेशका विषयमा दुवै पक्षको बहस सुन्न सर्वोच्चले आगामी असोज १९ गते (अक्टोबर ५) का लागि पेसी तोकेको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!