ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरसमक्ष टिक्न नसक्दै २८.१ ओभरमा ६० रनमै अलआउट भयो।यससँगै नेपालले शानदार जित निकाल्दै प्रतियोगिताको उपाधिका लागि हुने फाइनलमा स्थान बनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP