बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ। अदालतले मुद्दाको अन्तिम फैसला नआएसम्म उनीहरूलाई सुधार गृहमा राख्न आदेश दिएको हो। पक्राउ परेका नाबालकमध्ये एक जना १६ र अर्का १४ वर्षका छन्। नाबालक भएकाले उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन।
गरिमा जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित घरबाट साउन ३१ गते बेपत्ता भएकी थिइन्। दुई दिनपछि भदौ २ गते भक्तिनगरस्थित एक घरमा उनको शव फेला परेको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई नाबालकसहित अन्य व्यक्तिलाई पक्राउ गरेको थियो। प्रहरीले अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
अदालतले गरिमाको परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत उपलब्ध गराउनसमेत आदेश दिएको छ। उक्त रकम पीडित राहत कोषबाट उपलब्ध गराइनेछ। यस घटनामा पक्राउ परेका अन्य व्यक्तिलाई पनि अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा अस्पतालमा खिचिएको भिडियो सार्वजनिक भएपछि एक प्रहरी हवल्दारलाई समेत हिरासतमा राखिएको छ।
तपाईं यस फैसलासँग कत्तिको सहमत हुनुहुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!