धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक शिक्षिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका-४, बसपार्ककी २८ वर्षीया सन्तोशी अधिकारी बस्नेत रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसो करिब साढे ३ बजे घरमा भाँडा धोइरहेका बेला बस्नेतलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बस्नेत महेन्द्रनगरमा शिक्षण पेसामा आबद्ध थिइन्। उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!