काठमाडौं । नेपालले युएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमस क्रिकेट ओभलमा शनिबार भएको फाइनलमा शानदार जित निकाल्दै नेपालले दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। जवाफमा ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो।
नेपालको जितमा ओपनर आसिफ शेखले १०२ रनको शतकीय इनिङ्स खेले। उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। अर्जुन कुमालले ४३ रन बनाउँदा रोहित पौडेलले ४० रनको योगदान दिए। गुल्सन झाले ३८ बलमा ५२ रनको आक्रामक अर्धशतक प्रहार गरे।
बलिङतर्फ करण केसी नेपालका सबैभन्दा सफल बलर बने। उनले ३ विकेट लिए। ललित राजवंशीले २ विकेट झारे भने सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, गुल्सन झा र वसिर अहमदले समान १–१ विकेट लिए।
युएईका लागि राहुल चोपडाले १०० रनको अविजित शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। सोहीब खानले ५२ रन, तानीश सुरीले ४२ रन तथा कप्तान हरप्रित सिंहले ३३ रन बनाए।
प्रतियोगिताभर सर्वाधिक विकेट लिएका कप्तान सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए भने फाइनलमा शतक प्रहार गरेका आसिफ शेख ‘प्लेयर अफ द म्याच’ बने।
यस ऐतिहासिक जितसँगै नेपालले एसियाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एसिया कपमा पुनः स्थान बनाउँदै नेपाली क्रिकेटलाई अर्को महत्वपूर्ण उपलब्धि दिलाएको छ।
काठमाडौं । १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको छ। सम्मेलनमा भारत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!