तीन दिनसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने चेतावनी

तीन दिनसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने चेतावनी

काठमाडौं । देशभर आगामी तीन दिन मौसम बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार रातिदेखि सोमबार रातिसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

 कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
शनिबार राति मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

यस्तै सोमबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। सोमबार राति लुम्बिनी प्रदेशको तराई क्षेत्रमा समेत भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

मौसमविद्ले नदी, खोला आसपासका बासिन्दा, यात्रु तथा सडक प्रयोगकर्तालाई सतर्कता अपनाउन आग्रह गरेका छन्। लगातारको वर्षाले पहिरो, डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP