काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनले विश्व राजनीति र कूटनीतिमा नयाँ चर्चा सिर्जना गरेको छ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एकै मञ्चमा देखिएपछि भारतको कूटनीतिक सक्रियता थप चर्चामा आएको हो।
सात वर्षपछि भारत भ्रमणमा आएका सी जिनपिङ र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ता भएको छ। दुवै नेताले सीमा क्षेत्रमा शान्ति कायम राख्दै व्यापार, यातायात र जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा सहमति जनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
सम्मेलनअघि मोदी र पुटिनबीच पनि भेटवार्ता भएको थियो। दुई नेताले व्यापार, ऊर्जा र रणनीतिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।
ब्रिक्स सम्मेलनमा भारतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् सुधार, विकासशील राष्ट्रहरूको प्रतिनिधित्व वृद्धि तथा विश्व शासन प्रणालीमा सुधारको एजेन्डा अघि सारेको छ। मोदीले ‘ग्लोबल साउथ’ लाई केवल नियम पालना गर्ने होइन, नियम निर्माण गर्ने शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
युक्रेन युद्ध, मध्यपूर्व तनाव र विश्वव्यापी शक्ति प्रतिस्पर्धाको बीचमा आयोजना भएको सम्मेलनलाई भारतले आफ्नो कूटनीतिक सन्तुलन प्रदर्शन गर्ने अवसरका रूपमा उपयोग गरेको विश्लेषण गरिएको छ। अमेरिका, रुस, चीन तथा अन्य शक्तिराष्ट्रसँग समानान्तर सम्बन्ध कायम राख्दै भारतले आफूलाई विश्व राजनीतिको प्रभावशाली केन्द्रका रूपमा प्रस्तुत गर्न खोजेको देखिएको छ।
ब्रिक्स सम्मेलनबाट जारी ‘नयाँ दिल्ली घोषणापत्र’ मा आतंकवाद, अन्तर्राष्ट्रिय द्वन्द्व, व्यापार, ऊर्जा सुरक्षा र बहुपक्षीय सहकार्यका विषय समेटिएका छन्।
काठमाडौं । नेपालले युएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको क्वा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!