महिला रेस्लर भगवती खड्का सम्मानित

काठमाडौ ।यल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्मेन्ट खरिबोट,बनस्थलीले नेपालकै पहिलो महिला रेस्लर खेलाडी  भगवती खड्कालाई सम्मान पत्र सहित सम्मान गरेकोछ।५ हजार ६ सय अग्लो ठाउँ कालापत्थरमा रेस्लिङको आयोजना गरि अमेरिकी खेलाडीलाइ हराउँदै नेपालको नाम उच्च पारेकोमा सम्मान गरेको हो।सस्थाकी अध्यक्ष शुस्मा सिंहले नेपालकै पहिलो रेस्लरलाई सम्मान गर्न पाउदा धेरै खुसी लागेको बताइन ।आज शनिवार यल्लो टाइगरले साप्ताहिक  उद्घोषण तालिम समापनको उपलक्ष्यमा रेस्लर भगवती खड्कालाई  प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेको थियो।तालिम प्रशिक्षक बिष्णुमाया पौडेलले समेत कठिन काम समेत सम्भब गरेर नेपाली महिलाहरुको आत्म बिश्वास बढाउने काम गरेकोले भगवती खड्कालाई आगामी यात्रा पनि निक्कै उज्ज्वल रहोस् भन्दै शुभकामना दिएकी थिइन।सो कार्यक्रममा ३० जना बिद्यार्थीले उत्साहपुर्बक कार्यक्रममा सहभागी भइ प्रमाणपत्र ग्रहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP