कोटिहोम घटनामा ७ सदस्य छानबिन समिति गठन , नियम बिपरित हिड्ने प्रहरीमाथी कार्बाही हुने

भदौ १ काठमाडौ ।प्रहरीद्वारा गएराती पशुपति कोटिहोममा भएको दुव्र्यवहारलाई लिएर काठमाडौ  सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा ७ सदस्य छानबिन समिति गठन भएकोछ।१५ दिन भित्र छानबिन गरि सत्य ,तथ्य पत्ता लगाइ आबस्यक कार्बाही गर्ने उदेश्यले छानबिन समिति गठन भएको हो।

छानबिन समिती बनेकोमा  त्यसको स्वागत गर्दै बिजय कृष्ण मुर्ति जि महाराजले आफुहरुले न्याय पाउनुपर्ने बताए।पुर्ब निर्धारण गरिएको सम्पुर्ण आन्दोलनका कार्यक्रमलाई १५ दिनको लागि स्थगित गरिएको जानकारी दिए।

मासिक पशुपति कोटिहोम महायज्ञको समापनको अन्तिम दिन कार्यक्रम सकिए लगत्तै प्रहरी कोटिहोम पुगेर बिजय कृष्ण मुर्ति र उनका सहयोगीहरुमाथी कुटपिट गरेर दुइजनालाइ नियन्त्रण समेत लिएको थियो।

घटना थाह पाएलगतै हजारौं सङ्ख्यामा शुभेच्छुकहरु कोटिहोम पुगेका थिए।रातैभरी उनिहरु कोटिहोममै बास बसेका थिए।प्रहरीको यस किसिमको सर्बत्र बिरोध भएपछि नियन्त्रणमा लिएका ब्यक्तिहरुलाइ रातीनै छाडिदिएको थियो।

माथिल्लो निकायको आदेश भन्दै धडपकट गर्न पुगेका प्रहरीको कुनै माथिल्लो निकायको आदेस नभएकोले उनिहरुमाथी छानबिन गरि कार्बाही गरिने काठमाडौ प्रहरी प्रमुखको आधिकारिक धारणा बाहिर आएपनी उपस्थित भिडले त्यो कुरालाई ठाडै इन्कार गरेका थिए।गृहमन्त्री ,नेपाल प्रहरी प्रमुख ,काठमाडौ जिल्ला प्रमुख अधिकारी लगायतले कहि कतै बिजय कृष्ण मुर्ति जि महाराजलाई समाउन पर्ने कारण नरहेको उनीहरुले बताएकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
3 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP