प्रधानमन्त्री केपी शर्मा ओलिले डेङ्गी नियन्त्रणमा लाग्न सबैमा गरे अपिल
सम्बादाता
२०८१-०७-०९
304
Shares
९ कार्तिक काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले डेङ्गी नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेकाछन।
प्रधानमन्त्री ओलीले आज भिडियो सन्देश मार्फत देशबासीको नाममा यस्तो आग्रह गरेका हुन।देशका केही जिल्लामा डेङ्गीको प्रभाव अझै हटिसकेको छैन ।
प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०:०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै तहका ब्यक्तिहरु महा अभियानमा जुट्न अपिल गरेका थिए।
प्रधानमन्त्रीको सन्देश आएसगै सरकारी कार्यलयमा आजबाट सरसफाइ समेत सुरु हुन थालेकोछ।
डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजनन स्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्ने ओलीले बताएका छन् । '
नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु,' सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् ।
सम्बादाता
२०८१-०७-०९
304
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!