अस्ट्रेलियामा १६ बर्ष कम उमेरका बालबालिकाले सामाजिक संजाल चलाउन नपाउने कानुन आउदै!
सम्बादाता
२०८१-०८-०७
399
Shares
७ मङ्सिर काठमाडौ ।अस्ट्रेलियाले १६ बर्ष कम उमेरका बालबालिकाहरुलाइ सामाजिक संजालमा पुर्ण प्रतिबन्ध लगाउने कानुन ल्याउने तयारी गरेकोछ।
यसको लागि अस्ट्रेलियाकी सञ्चार मन्त्रीले सामाजिक सञ्जालका कारण केटाकेटीको मानसिक र शारीरिक स्वास्थ्यमा असर परेको भन्दै संसदमा यो सम्बन्धी विधेयक पेस गरेकी हुन्।
सामाजिक संजालको प्रयोगले चिन्तामा रहेका अभिभावकलाई ठूलो राहत मिल्ने त्यहाँको सरकारले लिएकोछ।सञ्चार मन्त्री मिशेल रोल्यान्डले अहिले अनलाइन सुरक्षा अभिभावकका लागि ठूलो चुनौती भएको भन्दै केटाकेटीको पहुँच कम गर्न यस्तो कानुन ल्याइएको बताएकी छन्।
यो कानुन संसदबाट पास भएर लागू भएपछि, १६ वर्षमुनिका केटाकेटीलाई सामाजिक सञ्जालमा अकाउन्ट बनाउन रोक्न नसकेमा, सम्बन्धित सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना गरिनेछ।
सिएनएनका अनुसार कानुन उल्लंघन गर्नेलाई तीन करोड २० लाख अमेरिकी डलरसम्म जरिवाना हुनेछ।
अस्ट्रेलियाका धेरै बालबालिका र युवाका लागि सामाजिक सञ्जाल हानिकारक साबित हुन सक्ने देखिएको छ।
त्यसैले उनीहरूलाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्न जरूरी भएको हो,' उनले भनिन्, 'हाम्रो यो कदम अभिभावकहरूका लागि धेरै सहयोगी हुनेछ।'आउन लागेको कानुनको केहिले भने बिरोध पनि गरेकाछन।
सम्बादाता
२०८१-०८-०७
399
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!