पुर्ब गृहमन्त्री रबि लामिछाने पक्राउ बिरोधमा आज पनि आन्दोलन

२१ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ।

 

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ परेका हुन् ।

लामिछानेको पक्राउ विरुद्ध रास्वपाले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेको छ ।मंगलबार भएको प्रदर्शनका क्रममा निषेधित घेरा तोडेको भन्दै १५ जनालाई पक्राउ गरिएको थियो भने भिड नियन्त्रण गर्न ४ राउन्ड अश्रुग्याससमेत प्रहार भएको थियो ।

झाले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेकाप्रति घोर भर्त्सना गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सञ्जालबाट लोकप्रिय बन्ने प्रवृत्ति खतरनाक : प्रचण्ड
2 घण्टा अघि

काठमाडौं,माघ २६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP