शाखा अधिकृत धनेश्वर तिनलाख घुससहित पक्राउ

काठमाडौँ । काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।

उनले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP