काठमाडौ ।नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतमाथी अकुत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेको हो।
उनी दोश्रो कार्यकाल मेयर बनेका थिए।
मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेक्क पोल्टामा पुगेको छ ।
नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् । मेयर निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर बनेको नगरपालिका प्रवक्ता महेश रिमालले बताए।
अधिकारी पनि दोस्रो पटक उपमेयर निर्वाचित भएकी हुन् ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ दलीय गठबन्धनबाट मेयरसहित ५ वडाध्यक्ष जितेको थियो भने एक्लै लडेको एमालेले उपमेयरसहित ४ वडाध्यक्ष जितेको थियो ।
मेयर बस्नेतमाथि २२ करोडभन्दा माथि बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
सम्बादाता
२०८१-०९-१५
505
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!