काठमाडौ महानगरमा आजदेखी चारदिने मनोसामाजिक परामर्श तालीम सुरु

काठमाडौ ।चारदिने मनोसामाजिक परामर्श तालिम आजबाट सन्चालन भएकोछ।

उक्त कार्यक्रम गृहिणी महिला संघ नेपालको आयोजना र काठमाडौ महानगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा सन्चालन भएको हो।

सोही वडा कार्यलयमा आज बाट सुरु भएको तालिममा दक्ष प्रशिक्षकहरुले तालिम दिइरहेकाछन।

तालिममा गृहिणी महिलाहरुको  बाक्लो उपस्थिति रहेको गृहिणी महिला संघकि अध्यक्ष अमृता शर्माले बताइन् ।

उनले अहिलेको बर्तमान परिस्थितिमा अत्यावश्यक तालिम दिन पाएकोमा खुशी व्यक्त समेत गरेकीछिन।

स्वयं ब्यक्ति , घरपरिवार र समाजको हितको लागि यस्ता खाले तालिममा सहभागी हुन पाएकोमा सहभागीहरुले आयोजकलाइ धन्यवाद दिएकाछन।

वडा अध्यक्ष प्रेम थापा ,वडा सदस्य तथा गृहिणी महिला संघ नेपालको केन्द्रिय पदाधिकारीको उपस्थितमा संचालित कार्यक्रमलाई भब्य ,सभ्य ढंगले सरिता आचार्यले कुशल कार्यक्रम सन्चालन गरेकी थिइन् ।

सन्चार्‍कर्मी तथा गायिका बिष्णुमाया पौडेलले गित गाएर छमछमि  नचाएकी थिइन् ।

अङ्ग्रेजी नया बर्षको २०२४ को अन्तिम दिनमा सन्चालन भएको यस कार्यक्रमको बिचमा २०२५ सालको नयाँ बर्षको शुभकामना समेत एक अर्कामा साटासाट गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
6 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP