भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई दुइ बर्ष जेल,नौ लाख ७५ हजार जरिवाना

काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया दोषी ठहर भएका छन् ।

स्वार्थ बाझिने गरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन गाउँपालिका अध्यक्ष रोकायालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

 विशेष अदालतले उनलाई २ वर्ष कैद सजाय तोक्दै ९ लाख ७५ हजार रुपैयाँ असुल्नुपर्ने र त्यति नै जरिवाना हुनुपर्ने फैसला गरेको हो ।

परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।

विशेष अदालतले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै त्यति नै कैद, असुलउपर र जरिवानाको फैसला गरेको छ  ।

भ्रष्टाचारको आरोप लागेका हंश रोकाया, सेतु रोकाया अनि तुलराज रोकायालाई एक वर्ष कैद र ४ लाख ८७ हजार रुपैंया जरिवाना भएको छ ।

हंश र सेतु उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष थिए भने तुलराजले सचिवको हैसियतमा कागजात मिलाउने काम गरेका थिए ।गाउँपालिकाको उपाध्यक्ष जोसी धामी, इञ्जिनियर रामराज शाही, लेखापालहरु पूर्ण प्रसाद आचार्य र पदमबहादुर धामीले आरोपबाट सफाई पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP