सूचना प्रबिधि क्षेत्रमा नेपालीहरुले बिदेशमा शाखा खोल्न पाउने
सम्बादाता
२०८१-०९-२८
595
Shares
काठमाडौँ —सूचना प्रबिधि क्षेत्रमा लागेका ब्यबसायी यतिबेला निक्कै खुशी भएकाछन।
नेपालका सूचना प्रविधि क्षेत्रमा क्रियाशील उद्यमीहरूले विदेशमा शाखा कार्यालय खोल्न वा लगानी गर्न पाउनुपर्ने लामो समयदेखिको माग सरकारले सम्बोधन गर्ने भएपछि उनिहरु खुशी भएका हुन।
पुस २६ मा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा शाखा कार्यालय स्थापना गर्न, लगानी गर्न र त्यहाँबाट आर्जित आम्दानीलाई स्वदेश भित्र्याउन सक्ने कानुनी आधार तयार गरेको हो ।सरकारले आईटी क्षेत्रमा कार्यरत नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस्तो निर्णय अघि सारेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सामाजिक सञ्जाल पोस्टमार्फत नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूले भोग्दै आएका केही कानुनी अप्ठ्यारा समाधान गर्न खोजेको उल्लेख गरे ।‘
आईटी क्षेत्रमा काम गर्नेहरूलाई यो खुसीको खबर छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रूपमा भित्र्याउन पाउने भएका छन् ।
मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वेदश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यूसमक्ष सिफारिस गरेको छ ।’सरकारले गरेको यस्तो निर्णय कार्यनयनमा सहजीकरण बनाउदै लगे यसले ठुलो सकारात्मक परिणाम दिन सक्ने व्यावसायिहरु बताउछन।
सम्बादाता
२०८१-०९-२८
595
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!