नक्कली प्रमाणपत्र पेश गरि जागिर खाएका प्रशिक्षकमाथी मुद्दा दायर
सम्बादाता
२०८१-१०-२४
340
Shares
काठमाडौँ । नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै बझाङको जयपृथ्वी नगरपालिका स्थित जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षकमाथि मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहरामाथि विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार, बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज दीपक बोहराले जयपृथ्वी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिको लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको +२ तहको लब्धाङ्क पत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको छ ।
उनले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
सम्बादाता
२०८१-१०-२४
340
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!