मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ, विशेष अदालतमा आरोपपत्र दायर

महोत्तरी २२ चैत्र - जिल्ला महोत्तरीस्थित भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु. ३५,०००।– (पैतीस हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

उक्त घटनासँग सम्बन्धित थप अनुसन्धानका क्रममा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरका नायब सुब्बा दिपेन्द्र नारायण चौधरी, खरिदार मुन्नु कुमार दास तथा कानून व्यवसायी जिवछ महतो मिलेमतोमा जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी लालपूर्जा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको छ।

घटनाका सबै संलग्न व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी दिपेन्द्र नारायण चौधरी र मुन्नु कुमार दासलाई बिगो रु. ३५,०००।- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदाबी गरेको छ। त्यसैगरी, प्रतिवादी जिवछ महतोलाई पनि सोही ऐनको दफा ३ को उपदफा (२) बमोजिम बिगो बराबरको जरिवाना र कैद सजायको मागसहित आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्धको कारबाहीलाई निरन्तरता दिने बताएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP