राधिका दासीको कथा वाचनमा भक्तजनको सागर, गण्डकी कोटिहोममा अभूतपूर्व श्रद्धा र दान

पोखरा,१९ जेठ ।सत्संग, श्रवण र सेवा—यी तीन आधारमा ठडिएको गण्डकी कोटिहोममा पछिल्ला दिनहरूमा अध्यात्मको अनुपम दृश्य देख्न पाइन्छ। चर्चित कथा वाचिका राधिका दासीको आगमनसँगै कोटिहोममा भक्तजनको सागर उर्लिएको छ। हजारौंको संख्यामा भक्तहरू नतमस्तक हुँदै, श्रद्धा र विश्वासका साथ आफ्नो मन खोलिरहेका छन्।

बाल योगेश्वर विजयकृष्ण मूर्तिको निम्तोमा कथा वाचन गर्न आएकी राधिका दासी, पछिल्ला दिनहरूमा नेपाली सनातन समाजमा एक असाधारण आध्यात्मिक शक्ति बनेर उदाएकी छन्। उनले जिवनकै सबैभन्दा महत्वपूर्ण पलको अनुभूति गर्दै सबैलाई अपिल गरेकी छन्, “यो महायज्ञ, यो कोटिहोम, यो संकल्प—जीवनको सर्वोच्च क्षण हो। आउनुहोस्, दर्शन गर्नुहोस्, र मनदेखि दान गर्नुहोस्।”

धार्मिक विश्वास र परम्पराको बलियो जगमा उभिएको सत कुण्डीय गायत्री विराट ज्ञान महायज्ञ ले हजारौं हृदयमा अध्यात्मको दीप जलाइरहेको छ। सार्वजनिक यातायात बन्द जस्तो अप्ठ्यारो परिस्थिति पनि भक्तजनको उत्साह रोक्न सकेन। वृद्ध, बालबालिका, युवा–सबै उमेर समूहका भक्तगण गण्डकी कोटिहोम पुगिरहेका छन्। कतिपय भक्तहरूले रेड मिडियासँग भावुक हुँदै प्रतिक्रिया दिए,
"हामीले आजसम्म यस्तो कोटिहोम न देखेका थियौं, न सुनेकै थियौं। यहाँ आएर दर्शन पाउनु, कथा सुन्नु र दान दिनु—यो आत्मा शुद्ध गर्ने अनुभूति हो।"

गण्डकी कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मुर्ती महाराजको लोकप्रियता राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि तीव्र गतिमा फैलिरहेको छ। उहाँले भन्नुभयो,
“यो कोटिहोमलाई सफल बनाउन धेरै आत्माहरूको योगदान छ। म सबैलाई हृदयदेखि नमन र धन्यवाद दिन चाहन्छु। यसले इतिहासमा गहिरो छाप छोड्नेछ।”

मानव सेवा फाउन्डेसन नेपालका अनुसार दैनिक हजारौं भक्तहरूको उपस्थिति रहेको यो महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ। महाराज विजयकृष्ण मुर्तीले सम्पूर्ण नेपाली जनसमुदायलाई "एकपटक सपरिवार कोटिहोम आइपुग्नुहोस्" भनी पुनः हार्दिक निमन्त्रणा गरेका छन्।

यो कोटिहोम केवल एक धार्मिक कार्यक्रम होइन, एक आध्यात्मिक जागरण, आत्म-उत्थान र सेवाको सन्देश बोकेको युगान्तकारी संकल्प हो भनेर कोटिहोम आएर दर्शन र सकेको दान गरेर फर्किएका ब्यक्तिहरुले खुशी हुँदै खुशी साटिरहेकाछन।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
2 घण्टा अघि

खलङ्गा (दार्चुला), माघ २७ -दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP