नेपालकी पहिलो महिला रेस्लर भगवती खड्काको ऐतिहासिक जित

कराची, पाकिस्तान असार , ८-  पाकिस्तानको कराचीमा पहिलोपटक आयोजित महिला रेस्लिङ प्रतियोगितामा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्काले ऐतिहासिक सफलता हात पार्दै उपाधि जितेकी छन्।

सजीव चरम रेस्लिङ (REW – Real Extreme Wrestling) नामक पाकिस्तानी संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा उनले पाकिस्तानी खेलाडी बेगिसालाई पराजित गर्दै विजेताको उपाधि र रेस्लिङ घण्टी (बेल्ट) प्राप्त गरिन्।

पाकिस्तानमा महिलाले खुला रंगशालामा रेस्लिङ गर्ने यो पहिलो औपचारिक प्रयास हो। परम्परागत पहिरन र सामाजिक सन्दर्भमा बाँधिएका महिलाहरूको सन्दर्भमा यो प्रतिस्पर्धा साहसी र सामाजिक परिवर्तनको प्रतीकको रूपमा लिइएको छ।

खेलपछि उत्साहित भगवतीले ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’ गीत गाउँदै राष्ट्रिय भावना व्यक्त गरेकी थिइन्। भाषा नबुझेका पाकिस्तानी दर्शकहरूले पनि ताली बजाएर समर्थन जनाएका थिए।

विजयी भएपछि उनले आयोजक संस्था तथा समर्पित समूहप्रति आभार प्रकट गरिन् र भविष्यमा अन्तर्राष्ट्रिय रंगशालामा नेपालको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गरिन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
3 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP