राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा देवकुमार ढकाल

काठमाडौं, साउन ३ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ। शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्ष चयन गरेपछि उनले पदभार ग्रहण गरेका हुन्।

ढकालसँग नेपाल राष्ट्र बैङ्कमा तीन दशकभन्दा बढीको अनुभव छ। उनले राष्ट्र बैङ्कमा विभिन्न जिम्मेवारी सम्हाल्दै पछिल्लो समय निर्देशकको हैसियतमा समेत कार्य गरेका थिए। उनी वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणालीका ज्ञाता मानिन्छन्।

अध्यक्ष चयनपछि ढकाललाई बैंक सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल, कम्पनी सचिव प्रमोद अधिकारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका छन्।

विसं २०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले हाल ७७ वटै जिल्लामा ३०९ शाखामार्फत करिब ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ। बैङ्कले आफ्नो सेवा समय सापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
5 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP