टोखा नगरपालिकाको १ अर्ब ८० करोडको बजेट पारित

टोखा, असार ८-टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८० करोड रुपैयाँको बजेट पारित गरेको छ। उपप्रमुख मुरारी तामाङले नगरसभामा प्रस्तुत गरेको उक्त बजेट नीतिगत कार्यक्रमहरू कार्यान्वयनमा केन्द्रित रहेको जनाइएको छ।

प्रमुख प्रशप्रशासकीय अधिकृत शेरबहादुर बिसिका अनुसार बजेट विवरण अनुसार, कुल रकममध्ये चालु खर्चतर्फ ७७ करोड ८६ लाख ८६ हजार रुपैयाँ अर्थात् ४३.२६ प्रतिशत, पूँजीगत खर्चतर्फ १ अर्ब २ करोड ३ लाख १४ हजार रुपैयाँ अर्थात् ५६.६८ प्रतिशत, र वित्तीय व्यवस्थातर्फ १० लाख रुपैयाँ अर्थात् ०.०६ प्रतिशत विनियोजन गरिएको छ।

स्रोत व्यवस्थापनको पक्षमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट ५८ करोड ९० लाख २९ हजार, प्रदेश सरकारबाट १४ करोड ११ लाख ५३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट २३ करोड, आन्तरिक तथा अन्य आयबाट ३५ करोड २३ लाख १८ हजार, जनसहभागिताबाट ७५ लाख, र चालु आर्थिक वर्षबाट बाँकी रहेको ४८ करोड रुपैयाँ बजेटमा समावेश गरिएको छ।

उपप्रमुख तामाङका अनुसार बजेटले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण, दिगो विकास तथा नवप्रवर्तन जस्ता प्राथमिक क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नेछ। साथै, उनले बजेट कार्यान्वयन प्रक्रिया पारदर्शी, समावेशी र नतिजामूलक हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
3 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP