काठमाडौं, असोज १ – जेनजी आन्दोलनमा परेर ज्यान गुमाएका नागरिकहरूको सम्झनामा नेपाल सरकारले आज (असोज १ गते) देशभर राष्ट्रिय शोक बिदा दिएको छ।
हिजो काठमाडौंको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि सम्पन्न गरिएको थियो भने अन्य जिल्लाका मृतकलाई सेनाको हेलिकप्टरमार्फत घरसम्म पुर्याई स्थानीय स्तरमा अन्त्येष्टि गरिएको हो।
सरकारले उनीहरूलाई सहिद घोषणा गरिसकेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओलीको सरकार ढलेको थियो। त्यसपछिको राजनीतिक घटनाक्रमले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ।
प्रधानमन्त्री कार्कीले हाल तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन्। उनले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्दै फागुन २१ गते चुनाव गराउने घोषणा समेत गरेकी छिन्।
जेनजी पुस्ताले अघि सारेका मागहरू आगामी दिनमा कत्तिको सम्बोधन हुने भन्ने प्रश्न भने अझै अनुत्तरित छ।
काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गर ...

प्रतिक्रिया