जेनजी आन्दोलनपछि पासपोर्ट सेवा अवरुद्ध, विभागमा भीड र बिचौलियाको सक्रियता

काठमाडौं, कात्तिक १४ — जेनजी आन्दोलनपछि राहदानी विभागको सेवा अवरुद्ध बनेको छ। आन्दोलनका क्रममा १४ जिल्लाको पासपोर्ट प्रणाली र उपकरण जलेर नष्ट भएपछि काठमाडौंस्थित विभागमा सेवाग्राहीको भीड बढेको हो।

विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार ती जिल्लामा बनेका धेरैजसो पासपोर्ट जलेका वा नष्ट भएकाले नयाँ आवेदनहरू काठमाडौंमै केन्द्रित भएका छन्। उनका अनुसार विभागले दैनिक ५ सयदेखि ८ सय अनलाइन फारम मात्रै खुलाउने गरेको छ।

सेवाग्राहीका अनुसार अनलाइन फारम बेलुका ६ बजेदेखि खुल्ने भए पनि केही मिनेटमै सबै स्लट भरिने र प्रणाली बन्द हुने समस्या दोहोरिने गरेको छ।

विभागका अनुसार अत्यावश्यक कागजातसहित विभाग पुगेका सेवाग्राहीको पासपोर्ट तत्काल बनाइने व्यवस्था गरिएको छ। तर विदेशस्थित नेपाली दूतावासहरूमा पनि प्राविधिक समस्या देखिएको विभागले जनाएको छ। आवेदन स्वीकृत भएर पनि छपाइ ढिलो हुँदा १९ भदौपछि बनेका पासपोर्ट कार्यालयमा पुग्न सकेका छैनन् ।

सेवा ढिलो र अव्यवस्थित बन्दै गएपछि बिचौलियाहरू सक्रिय बनेका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP