काठमाडौं, कात्तिक ३० – नेपाल वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईको आमा ९७ वर्षको उमेरमा आज निधन भएको छ। वृद्धावस्थासँग सम्बन्धित स्वास्थ्य समस्या जटिल बनेपछि उहाँले अन्तिम श्वास त्याग्नुभयो, पारिवारिक स्रोतले जानकारी दिएको छ।
निधनको खबर सार्वजनिक भएपछि सरकारी निकाय, वैदेशिक रोजगार क्षेत्र र व्यवसायी समुदायमा शोकको माहोल फैलिएको छ। शुभेच्छुकहरूले दिवंगत आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भट्टराई परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
परिवारका अनुसार दिवंगत आमाको अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार आज साँझ ९:३० बजे पशुपति आर्यघाटमा गरिएको छ। यस अवसरमा व्यवसायी, अधिकारी र शुभेच्छुकहरू उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका थिए।
दिवंगत आमाको आत्माको चिरशान्तिको कामना गर्दै रेड मिडिया परिवारले शोकसन्तप्त भट्टराई परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। ईश्वरले परिवारजनलाई धैर्य र शक्ति दिनुहोस्।
काठमाडौँ, माघ २७ — राजधानीमा खानेतेल र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुमा कृत्रिम अभाव ...

प्रतिक्रिया