बिरगंजमा सर्भेक्षक र कार्यालय सहयोगी एक लाख घुससहित पक्राउ

काठमाडौँ, मंसिर २ — नापी कार्यालय पर्सामा कार्यरत दुई कर्मचारी सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएका अनुसन्धान अधिकृतहरूको टोलीले सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई नियन्त्रणमा लिएको हो।

अदर्शनगर–३, पानी ट्याङ्कीस्थित नापी कार्यालय पर्सा १, २, ३ नं. नापी टोलीको कार्यलयमा छुट जग्गा दर्ताका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर रु १,००,००० मागिरहेको सूचनाका आधारमा आयोगले निगरानी थालेको थियो। सोही प्रक्रियामा दुबै जनालाई सेवाग्राहीबाट लिइसकेको रकमसहित मंसिर २ गते पक्राउ गरिएको आयोगले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार दुबैलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन
13 घण्टा अघि

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP