काठमाडौ -पौष ४ ,साताको कारोबारको छैठौँ दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेर कारोबार भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा झरेको छ।
यता चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार आज
प्रति १० ग्राम छापावाला सुनको मूल्य: २ लाख २१ हजार ५ सय ३५ रुपैयाँ
प्रति १० ग्राम चाँदीको मूल्य: ३ हजार ४ सय ३३ रुपैयाँ ५० पैसा
झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

प्रतिक्रिया