बालेनले दिए मेयरबाट राजीनामा,झापाबाट चुनाव लड्दै

काठमाडौं माघ ४ – रास्वपाबाट राजनीतिमा प्रवेश गरेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले आईतबार उपमेयर सुनिता डङ्गोगोललाई आफ्नो राजीनामा बुझाएका हुन्।

बालेनले महानगरपालिकामा करिब साढे तीन वर्ष कुशल नेतृत्व गरेका थिए। उनका समर्थकहरूले उनको कार्यशैलीको प्रशंसा गर्दै उनी स्थानीय सरकारमा पारदर्शिता र दक्षता ल्याउने नेताका रूपमा चिनिएका बताएका छन्।

अब बालेन शाह संसदीय राजनीतिमा कदम चाल्दैछन् र आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्री उम्मेदवारको रूपमा झापा-५ बाट चुनाव लड्ने तयारीमा छन्।

 राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको यो निर्णयले आगामी निर्वाचनको राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
16 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP