काठमाडौँ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका-६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेको प्रहरीले जनाएको छ ।
चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमसक्ष पेस गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।
काठमाडौँ | अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!