काठमाडौँ, मङ्सिर १० – नेपाल सरकार गृहमन्त्रालय, अध्यागमन विभागले विदेशी नागरिकहरूलाई उच्च शिक्षा तथा विविध शैक्षिक कार्यक्रमहरूमा अध्ययनका लागि अध्ययन भिसा दिने क्रममा कडाइ गर्ने बताएको छ। विभागले आज जारी गरेको विज्ञप्तिमा विदेशी विद्यार्थीहरूको नियमित अध्ययनमा संलग्नता नहुँदा र गैरकानुनी क्रियाकलापमा संलग्न हुने जोखिम बढ्दो देखिएपछि यस्तो कदम उठाइएको जनाएको छ।
बिगप्तिमा भनिएको छ, "नेपालका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूले विदेशी नागरिकलाई केवल आम्दानीको उद्देश्यका लागि मात्र भर्ना नगरी, विद्यार्थीले नियमित अध्ययनमा संलग्न भएको जानकारी पाउँदा तत्काल विभाग वा स्थानीय प्रशासनलाई सूचना दिनुपर्छ।"
अध्यागमन विभागले गरेको अनुगमनमा कतिपय शैक्षिक संस्थाले विद्यार्थीलाई नियमित कक्षा तथा गतिविधिमा सहभागी गराउन असफल हुने, भिसा अवधि बढाउन नक्कली कागजात पेश गर्ने, वा गैरकानुनी काममा संलग्न विदेशी नागरिकलाई समेत भर्ना गर्ने देखिएको जनाएको छ।
यसै सन्दर्भमा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पनि विदेशी विद्यार्थीहरूको गतिविधि नियमित अनुगमन गर्न अनुरोध गरिएको छ। साथै जिल्ला अनुगमन समितिहरूले पनि आफ्ना जिल्लामा अध्ययन भिसामा रहनुभएका विदेशी नागरिकको गतिविधि निगरानी गर्ने जिम्मेवारी लिएका छन्।
विभागले सबै शैक्षिक संस्थालाई सचेत गर्दै भनेको छ – “विदेशी नागरिकले अध्ययन भिसा प्रयोग गरी गैरकानुनी क्रियाकलापमा संलग्न भएमा तुरुन्तै विभाग वा स्थानीय प्रशासनलाई जानकारी गराइदिनुहोस्।”
अध्यागमन विभागको यो कदमले विदेशी विद्यार्थीको अध्ययन प्रणाली पारदर्शी बनाउने र नेपालमा शैक्षिक वातावरण सुरक्षित राख्ने लक्ष्य राखेको छ।
झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

प्रतिक्रिया