काठमाडौं ,मङ्सिर २५- देशभर चिसो क्रमिक रूपमा बढ्दै गएको छ। काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा न्यूनतम तापक्रम झन् घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार (मंसिर २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्ष अहिलेसम्मकै सबैभन्दा कम हो। यसअघि बुधबार (मंसिर २४) न्यूनतम तापक्रम ५.५ डिग्री र मंगलबार (मंसिर २३) ६.२ डिग्री सेल्सियस थियो।
महाशाखाले बिहीबार सार्वजनिक गरेको १७ स्थानको विवरणअनुसार जुम्ला देशकै सबैभन्दा चिसो स्थान बनेको छ। जुम्लाको न्यूनतम तापक्रम –४.४ डिग्री सेल्सियस मापन गरिएको छ। बुधबार –४.१ र मंगलबार –४.६ डिग्री थियो।
अन्य स्थानहरूमा बिहीबार मापन भएको न्यूनतम तापक्रम यसप्रकार छः
डडेलधुरा : ४.७ डिग्री
ताप्लेजुङ : ५.७ डिग्री
दिपायल : ६.३ डिग्री
ओखलढुंगा : ७.८ डिग्री
वीरेन्द्रनगर : ८.१ डिग्री
पोखरा : ८.६ डिग्री सेल्सियस
काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ जनवरी ११ मा –३.५ डिग्री सेल्सियस मापन गरिएको थियो।
महाशाखाका अनुसार दैनिक न्यूनतम तापक्रम बिहान पौने ९ बजे र अधिकतम तापक्रम बेलुका पौने ६ बजे मापन गरिन्छ। हाल देशमा मौसमसम्बन्धी कुनै चेतावनी जारी गरिएको छैन।
झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

प्रतिक्रिया