एनआरएनए अमेरिका भन्छ– मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा आमन्त्रण गरिएको छैन

काठमाडौं,पुस २५  गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको स्पष्ट गरेको छ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जाने समाचार सार्वजनिक भइरहेका बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै अमेरिकामा परिषद्को तर्फबाट युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नभएको र मन्त्री गुप्तालाई नबोलाइएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा परिषद्को आधिकारिक स्वीकृति बिना आयोजना गरिएका कार्यक्रम, भ्रमण वा फन्डराइजिङ गतिविधि अवैध र अमान्य हुने स्पष्ट उल्लेख गरिएको छ।
 साथै, परिषद्को नाम र पहिचान दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने र आवश्यक परे अमेरिकी होमल्यान्ड सेक्युरिटीलाई समेत जानकारी गराइने चेतावनी दिइएको छ।

परिषद्ले आफू अनधिकृत गतिविधि वा कथित युवासम्बन्धी कार्यक्रमसँग कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
18 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP