बहादुर भवनबाट ‘मतपेटिका मार्च’ — अब देश चुनावमय

काठमाडौं,माघ २४-फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले मतपेटिका जिल्ला–जिल्ला पठाउन थालेसँगै देशभर चुनावी माहोल औपचारिक रूपमा तातेको छ। राजधानीको बहादुर भवनस्थित निर्वाचन आयोगको मुख्यालयबाट शनिबारदेखि सुरु भएको “मतपेटिका मार्च” ले अब देशलाई नै चुनावमय बनाएको छ।

आयोगले पहिलो चरणमा करिब ९५० वटा मतपेटिका तथा निर्वाचन सामग्री काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन कार्यालयतर्फ पठाएको जनाएको छ। सुरक्षा निकायको कडा घेरामा ट्रक तथा सवारीसाधनमार्फत मतपेटिका ढुवानी हुँदा राजधानीका सडकमा छुट्टै चुनावी दृश्य देखिएको थियो। यसलाई राजनीतिक वृत्तमा “निर्वाचनको अन्तिम तयारी सुरु भएको स्पष्ट संकेत” का रूपमा हेरिएको छ।

मतपेटिका बाहिरिएसँगै दलहरू पनि आ–आफ्नो रणनीति तीव्र बनाएका छन्। उम्मेदवारी दर्तापछि चुनावी प्रचार–प्रसारमा जुटेका राजनीतिक दलहरूले अब घरदैलो अभियान, सभासम्मेलन र मतदाता भेटघाटलाई थप आक्रामक बनाउने तयारी गरेका छन्। गाउँदेखि सहरसम्म चुनावी चर्चा चुलिएको छ भने सामाजिक सञ्जालमा पनि मतपेटिकाका तस्बिर र भिडियो भाइरल भइरहेका छन्।
निर्वाचन आयोगले तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र सुरक्षित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

 आयोगका अधिकारीहरूका अनुसार मतपेटिका ढुवानीसँगै मतदान सामग्री व्यवस्थापन, मतदान अधिकृत तालिम र सुरक्षा योजना अन्तिम चरणमा पुगेको छ।

बहादुर भवनबाट सुरु भएको यो “मतपेटिका मार्च” ले चुनाव रोकिने सम्भावना नरहेको स्पष्ट सन्देश दिएको छ। अब सबैको ध्यान फागुन २१ तर्फ केन्द्रित भएको छ— जहाँ मतपेटिकाले नै देशको नयाँ राजनीतिक दिशा तय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दियो
12 घण्टा अघि

काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP