काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आज दिउँसो आयोजित विशेष समारोहमा नारायणप्रसाद दाहाल ले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्।
माघ ११ गते भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य राष्ट्रिय सभा मा निर्वाचित भएका थिए। राष्ट्रिय सभामा कुल ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ।
संविधानअनुसार राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई–दुई वर्षमा सकिने भएकाले नियमित रूपमा निर्वाचन हुने व्यवस्था छ। यही प्रावधानअनुसार २० फागुनमा १९ जना सदस्यको कार्यकाल समाप्त भएको थियो।
उक्त रिक्त स्थान पूर्ति गर्न निर्वाचनमार्फत १८ जना सदस्य चयन भएका छन् भने बाँकी एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने व्यवस्था रहेको छ।
नवनिर्वाचित सदस्यहरूले शपथ लिएसँगै राष्ट्रिय सभाको आगामी कार्यकालका लागि विधायन प्रक्रिया, नीति निर्माण तथा संसदका गतिविधिमा सक्रिय रूपमा सहभागी हुनेछन्।
काठमाडौं ।सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ । सरकारले बुधबार यात ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!