शेरबहादुर देउवामाथि सम्पत्ति शुद्धिकरण चर्चा, देउवाले खण्डन गरे

शेरबहादुर देउवामाथि सम्पत्ति शुद्धिकरण चर्चा, देउवाले खण्डन गरे

काठमाडौं।पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने समाचारप्रति खण्डन गरे। सञ्चारमाध्यममा आएका विवरणलाई उनले भ्रामक र झुटा प्रचार भएको दाबी गरे।

देउवाले सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण नेपालको कानुनअनुसार सम्बन्धित सरकारी निकायमा पेश गरेको बताए। उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन र पारदर्शिताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गरे।

भ्रष्टाचार नियन्त्रणमा आफ्नो भूमिका स्मरण गराउँदै उनले गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन लागू गर्न पहल गरेको र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरेको बताए।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले वास्तविकता समयक्रमसँगै खुल्ने विश्वास व्यक्त गरे। साथै, अतिरञ्जित र अपुष्ट विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गरे।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP