काठमाडौ ।संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदमा गरेको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका तीन वटा रिट निवेदन दरपीठ भएका छन्।
अधिवक्ता गीता थापा, अधिवक्ता डा. प्रेमराज सिलवाल तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले छुट्टाछुट्टै रूपमा दायर गरेका रिट निवेदन शुक्रबार दरपीठ भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सर्वोच्च अदालत प्रशासनका अनुसार संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध दायर ती निवेदन दर्ता नगरी दरपीठ गरिएको हो।
उक्त रिटहरूमा संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिस प्रक्रिया तथा निर्णयमाथि प्रश्न उठाइएको थियो।
निवेदकहरूले सिफारिस निर्णय कार्यान्वयन रोक्न माग गरेका थिए।
ललितपुर । ललितपुरको गोदावरीस्थित फुल्चोकी घुम्न गएका चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। उद्धा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!