काठमाडौं । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ । सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारीसाधनका हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।
इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ । विभागका अनुसार कुल १३ सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो । अहिले एक प्रदेशबाट एक वा त्यसभन्दा बढी प्रदेशमा जाने यात्रुवाहक र मालवाहक सवारीसाधनका हकमा मात्र भाडा बढेको हो । छोटो दुरी अर्थात् एक सहरभित्र र प्रदेशभित्रका हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने गर्छ जुन अहिले तोकिएको छैन् ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ । विभागले इन्धनको मूल्य र अन्य १३ वटा सूचकहरुलाई आधार मानी वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा नयाँ भाडादर लागू गरेको हो ।
विभागले निकालेको सूचना अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!