काठमाडौं पुष ३- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण भए देश ठप्प पार्ने र सरकार ढाल्ने चेतावनी दिएका छन्। बिहीबार महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथग्रहणपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
ओलीले एमाले नेतृत्वविरुद्ध भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भइरहेको दाबी गर्दै त्यसलाई पञ्चायतकालीन कूकर्मको पुनरावृत्ति भने। उनले यस्तो अवस्था आए आन्दोलनका लागि देशभरबाट तयारी अवस्थामा बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिए।
उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने उल्लेख गर्दै त्यसका लागि संगठित तयारी गर्न आग्रह गरे। “एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ,” ओलीले भने, “एमालेलाई छुनु संसारकै सबैभन्दा महँगो पर्नेछ।”
ओलीले चेतावनीलाई शब्दमा सीमित नराखी कामबाटै देखाउनुपर्ने भन्दै पार्टी पंक्तिलाई सक्रिय रहन आह्वान गरेका छन्।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया