काठमाडौं पुष ३ – काठमाडौं महानगरपालिकाले शहरभित्रका नदी किनार र अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि तारबार गर्न सुरु गरेको छ।
महानगरको सार्वजनिक निर्माण विभागले जारी गरेको पत्र अनुसार, महानगरपालिकाका सबै ३२ वटै वडालाई पत्राचार गरी तारबार गर्नुपर्ने आवश्यक खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार ‘कोरिडोर फेन्सिङ वक्र्स’ सञ्चालन गर्न लागिएको विभागीय प्रमुख सुरेश कुमार राईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ, “विभिन्न वडा (१–३२) का खोला किनार तथा सार्वजनिक जग्गा संरक्षण कार्यका लागि आवश्यक खरिद प्रक्रिया सम्पन्न गरी योजना कार्यान्वयनका क्रममा रहेको हुँदा, तहाँ सुधार एवं संरक्षण आवश्यक रहेका खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ।”
यस कार्यक्रमले अतिक्रमणबाट सार्वजनिक जग्गा बचाउने र नदी किनारको संरक्षण सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया