काठमाडौं,पुष ३ - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएसँगै केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना प्रक्रिया केहीबेरअघि औपचारिक रूपमा प्रारम्भ गरिएको हो ।
आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिँदै मतगणनालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन विशेष व्यवस्था गरिएको बताए । उनका अनुसार दुवै उम्मेदवार पक्षको सहमतिमा प्रत्येक पक्षबाट ५/५ जना प्रतिनिधि राखिएको छ । ती प्रतिनिधिहरूमध्ये राजनीतिक प्रतिनिधि, प्राविधिक तथा सहायक कर्मचारीसमेत सहभागी छन् । मतगणनामा प्रयोग भएका मेसिनका प्राविधिक र निर्वाचन आयोगका सदस्यहरूको समेत प्रत्यक्ष सहभागिता रहेको उनले स्पष्ट पारे ।
पोखरेलका अनुसार मतगणनाका लागि १० वटा बुथ स्थापना गरिएको छ । विद्युतीय भोटिङ मेसिनबाट सङ्कलित मतको चिप्स निकाल्ने काम यसअघि नै सकिएको र सोही डाटाका आधारमा गणना अघि बढाइएको छ । प्राविधिक टोलीले दिएको जानकारीअनुसार सबै मतको गणना सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गर्न करिब ३ घण्टा लाग्ने अनुमान गरिएको छ ।
एमालेको ११औँ महाधिवेशन अन्तर्गत भइरहेको यस निर्वाचनलाई पार्टीको भावी नेतृत्व र संगठनात्मक दिशाका लागि महत्वपूर्ण मानिएको छ । त्यसैले मतगणना प्रक्रियालाई लिएर पार्टी पंक्ति तथा राजनीतिक वृत्तमा चासो बढेको छ । निर्वाचन आयोगले नतिजा सार्वजनिक नहुन्जेलसम्म मतगणना स्थलमा कडा सुरक्षा र निगरानीको व्यवस्था गरिएको जनाएको छ ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया