काठमाडौं पुष ३- नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ। गणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिव पदमा प्रतिस्पर्धी उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
अध्यक्ष पदमा अध्यक्ष केपी शर्मा ओलीले १५६ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा विष्णु प्रसाद पौडेलले १७३ मतसहित सबैभन्दा धेरै मत पाएका छन्। त्यसपछि प्रथ्वी सुव्वा गुरुङले १७१, रामबहादुर थापा ‘बादल’ले १५३, रघुजी पन्तले १२३, गोकर्णराज विष्टले १३३ र गुरु प्रसाद बरालले १०९ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये विन्दा पाण्डेले ९८, टंक प्रसाद कार्कीले ४३, पर्शुराम मेघी गुरुङले ४७, अरुण नेपालले ३८ र भिम प्रसाद आचार्यले २७ मत पाएका छन्।
महासचिव पदमा शंकर पोखरेलले ११५ मत प्राप्त गर्दा सुरेन्द्र प्रसाद पाण्डेले १०८ मत पाएका छन्।
उपमहासचिव पदमा लेखराज भट्टले १४७ मतसहित अग्रता लिएका छन्। योगेश भट्टराईले १४०, रघुवीर महासेठले १२६, विष्णु प्रसाद रिमालले १०५, आनन्द प्रसाद पोखरेलले ७१, वैजनाथ चौधरीले ५४ र राजेन्द्र प्रसाद गौतमले २६ मत प्राप्त गरेका छन्।
सचिव पदमा पद्मा कुमारी अर्यालले १५२ मतसहित अग्रता बनाएकी छन्। महेश बस्नेतले १५०, छविलाल विश्वकर्माले १४५, शेरधन राईले १४१, हिक्मत कुमार कार्कीले १३८, खगराज अधिकारीले १३२, राजन भट्टराईले ११३, भानुभक्त ढकालले १०७ र गोकुल प्रसाद बास्कोटाले १०४ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूमा कर्णबहादुर थापा र ठाकुर प्रसाद गैरेले समान ९३, रचना खड्काले ८३, विनोद प्रसाद ढकालले ८२, अग्नि प्रसाद खरेलले ७७, लालबाबु पण्डितले ७३, कृष्ण गोपाल श्रेष्ठ र पुर्सोतम पौडेलले समान ५९, पेम्वा लामाले ५० तथा इन्द्रलाल साप्कोटाले ४१ मत प्राप्त गरेका छन्।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया