निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गर्‍यो

काठमाडौं,पुस १३ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार कुल मतदाता संख्या १ करोड ८९ लाख ३६ हजार ६ सय ८९ पुगेको छ।

अन्तिम नामावलीअनुसार पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३ सय ५८ रहेको छ भने महिला मतदाताको संख्या ९२ लाख ४० हजार १ सय ३१ रहेको छ। यससँगै अन्य वर्गका मतदाताको संख्या २०० रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले मतदाता नामावली अपडेटपछि निर्वाचन प्रक्रिया अझ पारदर्शी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। यस वर्षको मतदाता नामावलीमा अघिल्लो निर्वाचनको तुलनामा ९ लाख १५ हजार १ सय १९ जना नयाँ मतदाता थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP