काठमाडौँ/अबुधाबी । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) को अर्थ मन्त्रालयका अन्डर सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन्।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सो अवसरमा अध्यक्ष ढकालले नेपालमा रहेका लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्न सकिने बताए।
अध्यक्ष ढकालले काठमाडौँका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार तथा समग्र व्यावसायिक आवागमन विस्तारका लागि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे।
यूएईको अर्थ मन्त्रालयका अन्डर सेक्रेटरी अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति यूएई पक्षको चासो रहेको बताउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको धारणा व्यक्त गरे।
भेटवार्ताको अन्त्यमा दुवै पक्षले सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

प्रतिक्रिया