तीन दिनसम्म प्रजातन्त्र दिवस मनाइने

काठमाडौं,माघ २३— सरकारले यस वर्ष तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना भएको स्मरणमा सरकारले फागुन ६, ७ र ८ गते देशव्यापी रूपमा दिवस मनाउने भएको हो।

बिहिवार  प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीनदिने कार्यक्रमको औपचारिक निर्णय गर्दै मूल समारोह समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समितिको अध्यक्ष प्रधानमन्त्री रहनेछन् भने सदस्यहरूमा संघीय सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, सचिवहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू रहनेछन्। गृह मन्त्रालयका सचिव समितिको सदस्य–सचिव तोकिएका छन्।

निर्णयअनुसार तीन दिनसम्म देशभर विभिन्न औपचारिक, सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिनेछ। साथै विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा पनि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

मूल समारोह काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना हुनेछ, जहाँ विशेष परेड र सार्वजनिक कार्यक्रम हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP