सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

काठमाडौं ।  सिरहा  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित भएकाछन् । उनले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी भएकाछन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याए ।  

नेकपा (एमाले)का रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गरे । यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् । नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री पनि भएका थिए । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ट्रान्सफर्मर जडानका नाममा घुस लिँदै प्राधिकरणका इन्जिनियर पक्राउ
1 हप्ता अगाडि

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका एक इ ...

छुटाउनुभयो कि ?

TOP