काठमाडौं । सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्दै सम्बन्धित राजदूतहरूलाई एक महिनाभित्र स्वदेश फर्किन निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रिपरिषद्को चैत २२ गते बसेको बैठकले राजनीतिक नियुक्तिबाट विभिन्न देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार चैत २३ गते सम्बन्धित राजदूतहरूलाई औपचारिक पत्र पठाइएको छ।
फिर्ता बोलाइएका राजदूतहरूमा चित्रलेखा यादव (अस्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) रहेका छन्।
सरकारको यस निर्णयलाई कूटनीतिक क्षेत्रको पुनर्संरचना तथा कार्यसम्पादन मूल्यांकनसँग जोडेर हेरिएको छ। राजनीतिक भागबण्डाबाट नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने अभ्यासले आगामी नियुक्ति प्रक्रियामा नयाँ सन्देश दिने विश्लेषण गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!